मिरुवा तमु समाजको ३० औं साधारणसभा सम्पन्न

पाेखरा | भदौ २८, २०८०

मिरुवा तमु समाजको ३० औं साधारणसभा सम्पन्न

पोखरा:    तमु धिं नेपाल अन्र्तगत क्रियाशिल पोखरा–२ मिरुवास्थित मिरुवा तमु समाज पोखराको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था मिरुवा तमु समाजको साधारणसभाको प्रमुख अतिथि समाजसेवी पदमसुवा गुरुङले उद्घाटन गर्नुहुदै शुभकामनासहित आशिर्वाद प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा विशिष्ट अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको सामुहिकता, एकता, अधिकारका लागि तमुहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मिरुवा तमु समाजको आन्तरिक एकता उदाहरणीय भएको भन्दै तमु समाज भवनहरुलाई ज्ञान, सिप, नैतिकता, अधिकार बुझ्ने सिक्ने केन्द्रका साथै युवा तथा बालबालिकालाई आकर्षित गर्नुपर्ने उहाँको भनाई थियो । 


यसरी नै शुभकामना व्यक्त गर्नुहुदै सफल व्यवसायी प्रेमबहादुर गुरुङले तमुहरुको एकता, दुःख, सुखको आधार, व्यवसायिकतामा अघि बढ्नुपर्नेमा जोड दिनुहुदै प्रतिष्ठित व्यपारी भाट भटेनीका संचालक मिनबहादुर गुरुङ अन्यायमा परेको बताउनुभयो ।


यसरी नै कार्यक्रममा आमा समितिकी अध्यक्ष हाइसुवा गुरुङ, निवर्तमान अध्यक्ष सुवेदार राजबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


साधारणसभामा मिरुवा तमु समाजमाको वार्षिक प्रतिवेदन खेमबहादुर गुरुङ, आर्थिक प्रतिवेदन सुशीला गुरुङले प्रस्तुत गर्नुभएको थियो भने साधारण सभाले पारित गरेको थियो ।


समाजका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलबहादुर गुरुङले स्वागत, संचालन खेमबहादुर गुरुङ र सुशीला गुरुङले गर्नुभएको थियो ।

 

साधारणसभासँगै नजिकिदै गरेको तिजको आगमनको अवसरमा समाजले दिदिबहिनीहरुलाई दरखुवाउने, साँस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान दर खाने कार्यक्रम समेत गरिएको थियो ।

पोखरा ।    दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।    आयोजक नेपाल खेलकुद पत्रका...

थप पढ्नुहोस्

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

थप पढ्नुहोस्